citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सुडानलाई आर्थिक सहयोग रोक्ने विश्व बैङ्कको घोषणा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एजेन्सी । विश्व बैङ्कले सुडानलाई आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ । सुडानमा सेनाले कू गरी सत्ता लिएपछि भइरहेको प्रदर्शनका क्रममा गरिएको दमनलाई लिएर अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भइरहेको बेला विश्व बैङ्कले सुडानलाई दिँदै आएको सहयोग रोक्ने बताएको हो ।

सेनाले असंवैधानिक तरिकाले सत्ता कब्जा गरेकै भन्दै अफ्रिकन युनियनले समेत सुडानलाई आफ्नो समूहबाट निलम्बन गरेको छ । धमाधम आर्थिक अनुदान सहयोग काटिन थालेकाले नाजुक अर्थतन्त्र भएको सुडानले गम्भीर परिणामहरू भोग्नुपर्ने आर्थिक विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

यसैबिच विश्व बैङ्क र एयुकै कदमका कारण सैनिक विद्रोहका नाइके जनरल अब्देल फत्ताह बुर्हानमाथि नागरिक सरकारको पुनर्स्थापनाका लागि दबाब परेको बताइएको छ । विश्व बैङ्कका अध्यक्ष डेभिड माल्पासले सुडानका पछिल्ला घटनाहरूबाट निकै चिन्तित रहेको भन्दै त्यहाँको सामाजिक, आर्थिक उत्थान तथा विकास कार्यमा नाटकीय असर पर्ने बताएका छन् ।

himalayan life insurance
igi long