stcnepal long ad
ime life insurance
national life
global ime bank long

बडा दशैं २०७८ को उपलक्ष्यमा फूलपाती बढाईं कार्यक्रम

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आज आश्विन २६ गते राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सैनिक मञ्‍च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाईं समारोह सम्पन्न भएको छ ।

कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरे पश्‍चात नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । तत्पश्चात बढाईं टोलीले राईफलबाट विभिन्‍न पाटाहरुबाट लहरे, एकठ्ठा र आँफुखुशी बढाईं र तोपबाट पनि लहरे र एकठ्ठा बढाईं गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली सेनाको महिला गुल्म सम्मिलित टोलीबाट मार्च पास प्रदर्शन गर्नुका साथै नेपाली सेनाको ब्यान्डबाट ओम्कार फर्मेशनमा मालश्री धुन तथा दुर्गा भजनहरुको धुन समेत प्रस्तुत गरिएको थियो ।

नेपाली सेनाद्वारा आयोजित उक्त फूलपाती बढाईं समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री गण, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्व प्रधानसेनापतिहरु, बहालवाला रथीवृन्द लगायत सञ्‍चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रधान सेनापति महारथी प्रभुराम शर्मा ज्वरो आएको कारणले स्वास्थ्य सतर्कता अपनाँउदै कार्यक्रममा उपस्थित हुनु भएन । उहाँको कोभिड–१९ को परिक्षण नतिजा भने Negative आइसकेको छ । उहाँको अनुपस्थितिमा उक्त कार्यक्रममा बलाध्यक्ष रथी बालकृष्ण कार्कीद्वारा अतिथिहरुको स्वागत गर्नु भएको थियो ।

साथै उहाँले २१ जना प्रमुख सुवेदार र सुवेदारहरुलाई मानार्थ उप सेनानी दर्जाको चिन्ह तथा नेपाली सेनाका ६ जना सकलदर्जा र गैह्र सैनिक व्यक्ति १ जना गरी जम्मा ७ जनालाई “प्रधान सेनापति प्रशंसा निशान” समेत प्रदान गर्नु भएको थियो ।

सोही अवसरमा रथी बालकृष्ण कार्कीद्वारा केन्द्रीय तहको ‘प्रधान सेनापति ब्यानर प्रतियोगिता–२०७७’ मा अनाश्रित गुल्मतर्फ प्रथम भएको श्री समरजीत गुल्मलाई ‘प्रधान सेनापति ब्यानर समेत प्रदान गर्नु भएको थियो ।

prabhu mahalaxmi
kumari