kumari bank
Prabhu Insurance
stcnepal long ad

कात्तिक १६ गते कुमारी बैंकको २१ औं वार्षिक साधारण

काठमाडौं । कुमारी बैंकले ८.६७% लाभांश अनुमोदन गर्न कात्तिक १६ गते २१ औं वार्षिक साधारण सभा डाकेको छ । सभा बैंकको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ६% बोनस सेयर र २.६७% नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।

सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक ८ गते बुक क्लोज गर्ने भएको छ ।

कात्तिक ७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।


२६ असोज २०७८, मंगलवार १७:०२ बजे प्रकाशित

nabil bank