stcnepal long ad
ime life insurance
global ime bank long

भन्सार छलि लुकाइछिपाई ल्याएको अर्धठोस सुन सहित पक्राउ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडान तर्फको आगमान गेटबाट भन्सार छलि लुकाइ छिपाई ल्याएको अर्धठोस सुन १ किलो ६ ग्राम सहित २ जना भारतीय नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरू राहदानी नम्बर आर ५०७०३२२ वाहक ःMOHAMMAd\ KASHIF र राहदानी नम्बर जे ८६१९१८३ वाहक MOHd\ MUSHRAFEe\n\ रहेका छन् ।
नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौ आएकाKASHIF लाई भन्सार छलि लुकाइ छिपाई ल्याएको अर्धठोस सुन ७ सय ३८ ग्राम र इनडिगो एयरको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका MUSHRAFEe\n\ लाई अर्धठोस सुन २ सय ६८ ग्राम सहित फेला पारी प्रहरीले पक्राउ गरेको छ । बरामद उक्त सुनसहित उनीहरुलाई सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

prabhu mahalaxmi
kumari