stcnepal long ad
ime life insurance
global ime bank long

उखु किसानको माग स्थायी समाधानखोज्न सरकारसँग आग्रह

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । विगत दुई हप्तादेखि आन्दोलनरत उखु किसानका उचित माग पूरा गर्न फोर एच नेपालले नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ । आज एक वक्तव्य जारी गर्दै फोर एच नेपालले भनेको छ, उखु किसानले उठाएका माग र उनीहरुसँग भएका सम्पूर्ण सम्झौता अनुसारको सम्पूर्ण रकम एक मुष्ट उपलब्ध गराउन समेत अपील गरेको छ ।
फोर एचनेपालद्धारा जारी गरिएको वक्तव्यमा भनिएको छ, चिसोको कारण आन्दोलनरत किसानको स्वास्थ्यमा असर परेकाले उचित समाधान गर्न किसानसँग लिखित सहमति गर्नु जोडदार माग गरेको छ । साथै, नेपाल सरकार तथा सरोकारवालासँग उखु किसानलाई २०७० सालदेखिको तिर्न बाँकी रुकम चिनी उद्योगी तथा मिलबाट तत्काल एकमुष्ट उपलब्ध गराउनु भनिएको छ ।
नेपाल सरकारले उद्योगी तथा मिल मालिक मार्फत किसानलाई उपलब्ध गराउन दिएको गत वर्षको अनुदान रकम १ अर्ब २८ करोड रुपयाँ अहिलेसम्म पनि किसान नपाएको भन्दै तत्काल ब्याज सहित उखु किसानलाई उपलब्ध गराउनु सरकारसँग माग गरिएको छ । र, यो वर्ष किसानलाई दिइने अनुदान सिधै किसानलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने भन्दै फोर एच नेपालले सरकारको ध्यानाकर्षण समेत गरेको छ ।
फोर एच नेपालका केन्द्रीय अध्यक्ष लोकराज अवस्थीद्धारा हस्ताक्षरित वक्तव्यमा, उखु किसानको माग अनुसार मूल्य निर्धारण गरिनु पर्ने, किसानको ब्याज मिनाह गरिनु पर्ने, सस्तो दरमा ऋण उलब्ध गराउनु पर्ने लगायतका समस्या समाधान गर्न सरकारसँग माग गरिएको छ ।
उखु किसान आन्दोलन पछि सरकारको पहलमा उखु किसानका माग सम्बोधन गर्न उद्योगी तथा व्यवसायीसँग सम्झौता भएको भनिए पनि कुनै ठोस सहमति तथा सम्झौता भएको छैन् । किसानले आन्दोलन जारी राखेका छन र, आफूहरुसँग लिखित सहमति नभएसम्म आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।

prabhu mahalaxmi
kumari