stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

टिभीएस मोटर कम्पनीद्वारा पोखरामा टिभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । टिभीएस मोटर कम्पनी, दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि प्रतिष्ठित निर्माताले टिभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक गरेको छ ।
यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको छ ।
टिभीएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेश, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले “टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरु माँझ निकै लोकप्रिय बन्न पुगेको छ । यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो । विश्वभर आज हामीसँग एनटर्कमा करिब ४ लाख भन्दा बढि गौरवान्वित युवा उपभोक्ताहरु छन् र यो सार्वजनिकसँगै अझ बढि ग्राहकहरु विकास गर्ने कुरामा हामी विश्वस्त छौं ।”
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भन्नुभयो, “टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ । यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।”
टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ –टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् । सन् २०१८, सेप्टेम्बरमा सार्वजनिक भएको टिभीएस एनटर्क १२५ ले आफ्नो लक्षित ग्राहक–जेन जेड बाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यो स्कुटर स्टेट–अफ–आर्ट CVTi-REVV १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

prabhu mahalaxmi
kumari bank
kumari