stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालय एअरलाइन्सले पाँचौँ वार्षिकोत्सवमा थप्यो नयाँ जहाज

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौं । नेपालको निजी अन्तर्राष्ट्रिय एअरलाइन्स् हिमालय एअरलाइन्सले पाचौं वार्षिकोत्सवको अवसरमा अर्काे नयाँ ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ । क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको शुक्रबार काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएका हुन् ।

धेरै पर्खाईमा रहेको नयाँ विमान एमएसएन ९०२०,दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भयो । यो नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्स्सँग तिन एअरबस ए३२०–२१४ र एक एअरबस ए३१९–११५ गरी चारवटा विमान हुनेभएको छ ।

हालै समावेश गरिएको एअरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जस्ले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ ।

कूल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको विमानमा नयाँ र कुशल इन्जीन क्षमता रहेको छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ । हालै समावेश गरिएको यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्नेछ । यो नयाँ विमान ए ३१९ थप गरेसँगै एअरलाइन्स्ले मध्यपूर्वी मुलुक र चीनमा आफ्नो बजार विस्तार समृद्ध बनाउने योजना रहेको कम्पनीले जनाएको छ ।

एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङले सन् २०२० मा हिमालय एअरलाइन्सको सञ्जाल विस्तार र नयाँ रुटहरु सञ्चालन गर्ने एअरलाइन्स्को रणनीति अनुरुप नयाँ विमान थप गरेको बताए । विमान थप गर्ने योजना अन्तर्गत सन् २०२१ सम्म ए ३१९ का दुईवटा विमान थप गरिने उनले बताउ ।

प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एअरलाइन्स्मा ए३१९ को प्रवेश, संस्थाको विमान थप गर्ने योजनामा एउटा कोसेढुंगा भएको बताए । हिमालय एअरलाइन्सले सन् २०१६ मे ३१ बाट ए३२०–११४ सिरिजको १५८ सिट भएको विमानका साथ दोहा उडान गरेर आफ्नो हवाई यात्रा सुरु गरेको थियो । चार वर्षभन्दा अन्तरालमै एअरलाइन्सले ६ वटा देशका १० वटा गन्तव्य स्थलमा आफ्नो सञ्जाल स्थापित गरिसकेको जनाएको छ ।

एअरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुईयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari