stcnepal long ad
global ime bank long

नबिल बैंकले चैत २ गतेदेखि २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने, ७ वर्ष अवधि र १० % ब्याजदर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘१० प्रतिशत नबिल डिबेञ्चर २०८२’ चैत २ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका दरखास्त दिन सकिने छ । छिटोमा चैत ५ गते र ढिलोमा चैत्र १६ गते ऋणपत्रको बिक्री बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

सात वर्ष अवधि तथा १० प्रतिशत ब्याजदर भएको प्रति डिबेञ्चर रु. १००० अंकित मूल्यका २० लाख कित्ताले हुन आउने रु. २ अर्ब बराबरको ऋणपत्र मध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने रु. १ अर्ब २० करोड ऋण पूँजी रकम व्यक्तिगत तबर बाट बिक्री गरिने र ८ लाख कित्ता ऋणपत्रले हुन आउने ८० करोड ऋण पूँजी रकम(५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोष कोषका लागि बाँडफाँड गरिएको समेत) सर्वसाधारण नेपालीको लागि बिक्री खुला गर्न लागिएको हो ।

IME Lifesidebar
kumari