कालीगण्डकी प्रसारण लाइन निर्माणमा किन हुँदै विलम्ब ?

सन् २०१८ नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न ठाउँमा भएको अवरोधले आयोजनामा टावर र सबस्टेशन निर्माणमा विभिन्न समयमा म्याद थपेर निर्माणलाई अघि बढाइएको छ । अहिलेसम्म यस आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भएको छ । निर्धारित समयमा आयोजनाको काम सम्पन्न नभए पनि निर्माण कार्यलाई तीव्रता दिइएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । प्रसारण लाइनको टावर र तार तान्ने कामसँगै अन्नपूर्ण गाउँपालिका–३ दानामा सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।
सबस्टेशन र प्रसारण लाइन बनाउन करिब २ अर्ब ७५ करोडमा जेभी टाटा एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले दाना–खुर्कोट प्रसारण लाइनलाई नवलपरासीको बर्दाघाटसम्म पु¥याउने गरी १४३ किलोमिटर लामो कालीगण्डकी कोरीडोर प्रसारण आयोजनालाई खण्ड–खण्डमा निर्माण अघि बढाएको छ ।
२० फागुन २०७६, मंगलवार ११:०५ बजे प्रकाशित