stcnepal long ad
global ime bank long

जर्जियाका सभामुखद्वारा राजीनामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

तिब्लिसी । जर्जियाका सभामुख अर्चिल तलाक्भाडजले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। ‘सत्तारुढ दल र विपक्षी दलका बीचमा सम्झौता गराउने पटक पटक प्रयास गर्दा पनि नभएपछि राजीनामा दिनु उचित ठानेर राजीनामा दिन लागेको हुँ,’ उनले भनेका छन् ।

सकेसम्म तटस्थ भूमिका खेल्न खोज्दा पनि आफूलाई गाह्रो मानिएकाले जिम्मेवारीमा बसिरहन नसकेको उनले बताएका छन् ।

सत्तारुढ दल जर्जियाली ड्रिम पार्टीका अध्यक्ष इराक्ली कोबाखीजका अनुसार सभामुखको जिम्मेवारी काखा कुचाभलाई दिने तयारी भएको छ । तलाक्भाडज सभामुख रहेका बेला कुचाभ उपसभामुख रहेका थिए । उनी सन् २०१६ देखि सत्तारुढ दलको सांसद समेत छन् ।

IME Lifesidebar
kumari