stcnepal long ad
ime life insurance
national life
global ime bank long

धादिङमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

धादिङ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका पदाधिकारीहरूको लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।सुरक्षित वैदेशिक रोजगारीका सवाल, आप्रवासी कामदारका हकहित तथा संस्थागत विकास सम्बन्धी जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिमको पहिलो दिन जिल्ला समन्वय समिति धादिङका जिल्ला समन्वय अधिकारी हरी प्रसाद अर्यालले वैदेशिक रोजगारको वर्तमान अवस्था र अवसर तथा मुख्य सवालहरूको बारेमा जानकारी गराउनुभयो ।

यसै गरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सुरक्षित बैदेशिक रोजगार सम्बन्धी संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र १५ औँ योजना र प्रदेश सरकारको आवधिक योजनामा भएका प्रावधानहरूको विषयमा सहजीकरण गर्नुभयो ।

कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम अधिकृत कमलबहादुर रोकायले आप्रवासी हकहित सञ्जालको औचित्य, आप्रवासी हकहित सञ्जाल निर्माणको अवधारणा तथा महत्त्व र आप्रवासी हकहित केन्द्रको प्रस्तावित सङ्गठनात्मक संरचना, भूमिका तथा जिम्मेवारीहरूको विषयमा जानकारी गराउनुभयो ।

नीलकण्ठ नगरपालिका र सामीरहेल्भेटासको सहकार्यमा सुरु भएको तालिमको सहजीकरण लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले गरिरहनुभएको छ ।

IME Lifesidebar
kumari