अजोड र तीन कम्पनीबीच नगद रहित बीमा गर्ने सहमति
काठमाडौं । अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न सम्झौता भएको छ ।
अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको हो ।
आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्ससंग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी (CASHLESS CLAIM) लाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स र आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका छन ।























