stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माथिल्लो तामाकोसी : असारभित्र विद्युत उत्पादन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

शुक्रबार, १६ फागुन २०७६

काठमाडौँ । चालू आर्थिक वर्षको अन्त्यभित्रमा विद्युत् उत्पादन लक्ष्य राखेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न पेनस्टक पाइप जडान नै चुनौतीपूर्ण बन्दै गएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गरेका छन् ।

उनले परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्त रूपमा निर्माण सम्पन्न हुने कार्यतालिकाबारे छलफल समेत गरेका छन् । छलफलका क्रममा ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलका क्रममा घिसिङले अगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाई त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिए।

पहिलो युनिटबाट विद्युत् शुरू भएपछि बाँकी पाँच युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ ।

आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari