stcnepal long ad
ime life insurance
national life
global ime bank long

पूर्वमन्त्री शाहले भ्रष्टाचार गरेकाे प्रमाणित, साढे १९ करोड जरिमाना सहित ४ वर्ष कैद

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार शाहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । शाहलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा १९ करोड ४३ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ जरिमानासहित चार वर्ष कैद सजाय हुने फैसला भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले पूर्वमन्त्री शाहलाई भ्रष्टचारी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहले मन्त्री र सांसद हुँदा आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको र त्यसलाई परिवारको नाममा राखेर लुकाएको अभियोगमा गत २५ पुसमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

भ्रष्टाचार मुद्दासँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि पूर्वमन्त्री शाहविरुद्ध ३२ करोडको मुद्दा दायर गरेको थियो । सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा साहसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निरन्तर नगद लेनदेनको कारोबार भएका अन्य व्यक्तिको सम्पत्तिको अनुसन्धान गर्नुपर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्रभित्र बसोबास गर्ने शाहको घर–परिवारतर्फका सहयोगी र कामदारको नामनामेसीसहित विवरण प्राप्त भएको विभागको आरोपपत्रमा उल्लेख छ ।

अन्य को–कोविरुद्ध मुद्दा ?
विभागले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइ रामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डेसहित १२ जना प्रतिवादीसमेतको मिलेमतोमा लुकाएको दाबी गरेको थियो ।

साहको सम्पत्ति अस्वाभाविक
साहविरुद्ध अख्तियारमा उजुरीपछि छानबिन गर्दा उनको सम्पत्ति अस्वाभाविक देखिएको छ । आयोगले अनुसन्धान गर्दा दुईपटक संविधानसभा तथा व्यवस्थापिका संसद्का सदस्य (सभासद) हुँदा र भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएको बेलासमेत साहले सार्वजनिक पद धारण गरेपछि अस्वाभाविक रूपमा सम्पत्ति लुकाएको अख्तियारको दाबी थियो ।

साहलाई बमकाण्डमा जन्मकैद
जनकपुरको रामानन्द चोकमा बम विस्फोट मुद्दामा पूर्वमन्त्री शाहसहित सात जनालाई जिल्ला अदालत धनुषाले जन्मकैद सजाय सुनाएको थियो । हाल उनी कारागारमा जेल सजाय काटिरहेका छन् । उनकै योजनामा १८ वैशाख २०६९ मा मिथिला राज्य संघर्ष समितिको आह्वानमा रमानन्द चोकमा बम विस्फोट गराइँदा पाँच जनाको मृत्यु भएको थियो । सो घटनाको मुख्य योजनाकारका रूपमा शाहलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।  आजको राजधानी दैनिकबाट

IME Lifesidebar
kumari