stcnepal long ad
ime life insurance
national life
global ime bank long

टाटा मोटर्सको नयाँ ‘फरएभर रेन्ज’ का गाडी अब नेपालमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले फरएभर रेन्ज अन्तर्गतका पाँच नयाँ गाडी सार्वजनिक गरेको छ । टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ गाडी बी एस सिक्स प्रविधियुक्त भएको कम्पनीले जनाएको छ ।

योसँगै टाटा कम्पनी यस बी एम सिक्स इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ । टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएकाले यी गाडीको बनावट आकर्षक छ ।

फेरि डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ गाडी कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरुभन्दा अग्रस्थानमा रहेको कम्पनीले जनाएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्नु हुँदै टाटा मोटर्स इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेइकल्स) मायकं बाल्डीले टाटा मोटर्सका विभन्न रेन्जका गाडी नेपाली ग्राहकहरुले रुचाइरहेको र नयाँ जेनेरेशनका प्यासेन्जर गाडी सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । ‘डिजाइन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तीन आधार हुन्’, उहाँले भन्नुभयो ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत  राजनबाबु श्रेष्ठले बी एस सिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडीले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता र अपेक्षालाई पूरा गरी नेपाली बजारको ठूलो हिस्सा ओगट्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

१. नयाँ टियागो

१२०० सीसी इन्जिन क्षमताको नयाँ टियागोको बनावट आकर्षक ) स्पोर्टी )(रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटोजस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधा भएको यो गाडी ६ रङ्गमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।

२. नयाँ टिगोर

१२०० सीसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेराजस्ता अत्याधुनिक सुविधा रहेका छन् । आकर्षक बनावटसहित उत्कृष्ट सुरक्षाको विशेषता भएको यो गाडी पाँच रङ्गमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ ।

३. नयाँ नेक्सन

१२०० सीसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा ९क्ष्च्ब्० जस्ता प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोबल सेफ्टी रेटिङ्गमा फाइभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो ।

इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजीलगायतका विशेषता भएको नेक्सन ६ रङ्गमा उपलब्ध रहेको छ ।

४. नयाँ अलट्रोज

१२०० सीसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सबै बनावट अल्फा(ALFA) वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोबल एन क्याप मार्फत प्रमाणित भइसकेको छ । साथै ह्याचब्याक सेग्मेन्टमा ग्लोबल सेफ्टी रेटिङ्गमा फाइभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाइल, लुक्स र अर्बन गरी चार प्रकृतिमा उपलब्ध रहेको छ ।

५. नयाँ एच फाइभ

२००० सीसी इन्जिन क्षमता भएको एच फाइभको सबै बनावट विशिष्ट OMEGARC वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टिकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ ।
एच फाइभ विभिन्न आकर्षक रङ्गमा उपलब्ध रहेको छ ।

IME Lifesidebar
kumari