stcnepal long ad
ime life insurance
national life
global ime bank long

हुण्डीमा संलग्न अम्बे ट्रेडर्सका एक कर्मचारी साढे तीन करोड बढी रकमको चेक सहित पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रहरीले हुण्डीमा संलग्न अम्बे ट्रेडर्सका एक कर्मचारीलाई तीन करोड ५६ लाख ३१ हजार एक सय चार रुपैयाँ बराबरको चेकसहित पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट बाराको कलैया उपमहानगरपालिका–२३ बस्ने ३८ वर्षीय जयराम राउत कुर्मी उक्त रकम बराबरको चेक सहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार कुर्मी सोही ट्रेडर्समा काम गर्ने कर्मचारी हुन् । बुधबार नै उनलाई स्रोत खुल्न नसकेको नेपाली सात लाख पचहत्तर हजार चार सय सत्तरी र भारतीय रूपैँया सात हजार चार सय तथा बब्लू राज र रामप्रसाद पटेलको नाममा जारी भएका क्रमशः दुई लाख र पाँच लाख साठी हजार बराबरका चेकहरू सहित नियन्त्रणमा लिइ बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।

अभियुक्त कुर्मीको बयानअनुसार ट्रेडर्समा खानतलासी गर्दा विभिन्न बैकका विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी भएका जम्मा तीन करोड छप्पन्न लाख एकतीस हजार एक सय चार बराबरका चेकहरू ९० थान, विभिन्न बैङ्कका खाली चेक बुक २१ थान र हस्ताक्षर भएका विभिन्न बैङ्कका खाली चेक ४१ थान थप फेला परेकाले अभियुक्त निज कुर्मीको बयानअनुसार ट्रेडर्समा खानतलासी गर्दा निम्न अनुसारका विभिन्न बैकका विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी भएका जम्मा तीन करोड छप्पन्न लाख एकतीस हजार एक सय चार बराबरका चेकहरू ९० थान, विभिन्न बैङ्कका खाली चेक बुक २१ थान र हस्ताक्षर भएका विभिन्न बैङ्क का खाली चेक ४१ थान थप फेला परेकाले उक्त चेक तथा चेकबुकहरू बरामद गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

IME Lifesidebar
kumari