एलआइसी नेपालको १०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको १०.५३% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । कम्पनीले फागुन २५ गते बस्ने वार्षिक साधारण सभामा १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
जसका लागि फागुन ७ गते शुक्रबारदेखि फागुन २५ गतेसम्म बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । एलआइसी नेपालले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारण सभा गर्न लागेको हो । कम्पनीले सोही आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिन लागेको छ ।























