citizens life insurance long ad
stcnepal long ad

सन नेपाल लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासमा ५ करोड ५६ लाख खुद नाफा कमाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ८.८०% धेरै हो । गत वर्ष कम्पनीले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीले खुद बिमा शुल्क आर्जन ६१.३०% ले बढाएर ९१ करोड ६२ लाख पुर्याएको छ ।

गत वर्ष सन नेपालले ५६ करोड ८० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यसको बिमा कोषको आकार पनि १ अर्ब १६ करोडबाट बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले महाविपत्ति कोषमा ३ करोड २९ लाख रुपैयाँ राखेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड लाख रुपैयाँ छ । रिजर्भ कोषमा २९ करोड ६३ लाख रुपैयाँ छ ।

पुस मसान्तसम्म यस इन्सुरेन्सले ७ करोड २५ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । यस कम्पनीले सर्वसाधारणमा आइपीओ ल्याउन बाँकी छ । यसले कम्तिमा पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउनुपर्ने हुन्छ । तर अहिलेसम्म आइपीओ ल्याउने प्रक्रिया भने अघि बढिसकेको छैन ।

IME Life
kumari