बीमा समितिका निवर्तमान अध्यक्ष चापागाईको बिदाई
काठमाडौं । बीमा समितिले पदावधी सकिएका अध्यक्ष चिरञ्जीवी चापागाईलाई बिदाई गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल सहितका कर्मचारीहरुले निवर्तमान अध्यक्ष चापागाईलाई बिदाई गरेका हुन् । उता, गत शुक्रबार काठमाडौंको होटल म्यारियटमा एक भव्य भोज सहित नेपाल बीमक संघले अध्यक्ष चापागाईको बिदाई गरेका थिए । संघका सीमित पदाधिकारीहरु बसेर अध्यक्ष चापागाईलाई बिदाई गरिएको जनाइएको छ ।
अध्यक्ष चापागाईको चार वर्षे कार्यकाल यही पुस २३ गतेबाट सकिएको हो । बीमा अध्यक्षमा नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले छलफल अघि बढाएको छ ।























