citizens life insurance long ad
stcnepal long ad

काठमाडौं महानगरपालिकाले आज २६ औं महानगर दिवस मनाउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज २६ औं महानगर दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । कोरोना सङ्क्रमण जोखिमकाबीच स्वास्थ्य सावधानी अपनाउँदै जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम गर्न लागेको महानगरपालिकाले जनाएको छ ।

२०५२ साल मंसिर २९ गते काठमाण्डौलाई महानगर घोषणा गरेको दिनलाई आधार मानेर हरेक वर्ष मंसिर २९ गते दिवस मनाउने गरिएको छ ।

महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

यस्तै महानगरपालिकाले अहिलेसम्म गरेका कामहरु र आउँदो योजनाबारे जानकारी गराउने कार्यक्रम रहेको महानगरपालिकाका सूचना अधिकारी नवराज ढकालले बताउनुभयो । कार्यक्रम राष्ट्रिय सभागृहमा हुनेछ ।

IME Life
kumari