आज कुमारी बैंकको वार्षिक साधारण सभा : लगानीकर्तालाई १४%लाभांश
काठमाडौं । कुमारी बैंकले १४% लाभांश अनुमोदन गर्न आज मंसिर २९ गते सोमबार वार्षिक साधारण सभा बोलाएको छ । २० औं साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।
चुक्ता पुँजीको १०.८५% बोनस सेयर र ३.१५% नगद लाभांश (करसहित) प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । साधारण सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कुमारीले गत मंसिर १५ गते बुक क्लोज गरेको छ । गत मंसिर १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।























