stcnepal long ad
ime life insurance
national life
global ime bank long

सशस्त्र प्रहरी बलले फुटबल एकेडेमी सञ्चालन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)ले अब आफ्नै फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । शीर्ष डिभिजनको लिग खेल्ने क्लबले आफ्नै एकेडेमी सञ्चालन गर्न लागेको यो पहिलो पटक हो ।

मंगलबार हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा एन्फाका तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पा तथा एपीएफबाट महानिरीक्षक शैलेन्द्र खनाल तथा अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले हस्ताक्षर गर्नुभयो ।

महानिरीक्षक खनालले सम्झौताले नेपाली खेलकुदको विकासमा एउटा इँटा थपेको भन्दै प्रतिभाहरुको पहिचान गरी खेल र शिक्षाबाट वञ्चित भएकाहरुलाई अवसर सृजना गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

एन्फा अध्यक्ष शेर्पाले सम्झौता नेपाली फुटबलको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । १४ वर्ष उमेर समूहको फुटबल एकेडेमीमा एपीएफबाट सात, एन्फाबाट सात तथा खुला छनोटबाट सात गरी जम्मा २१ जनालाई भर्ना गरिने बताइएको छ ।

एन्फाबाट छनोट भएका खेलाडीलाई एन्फाले नै सहयोग गर्ने भएको छ । सो एकेडेमी सञ्चालन गर्न वार्षिक १० लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । फिफा तथा एएफसीको ए लाइसेन्सिङ मापदण्ड भित्र पर्ने यो युथ लेभलको कार्यक्रमलाई नयाँ शैक्षिक सत्रबाट सुरु गरिने छ ।

IME Lifesidebar
kumari