stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अब पुरानो सामसङ मोबाइलसँग नयाँ साट्न मिल्ने, कहाँ कहाँ पाइन्छ यस्तो सुविधा ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । अब पुरानो सामसङ मोबाइलसँग नयाँ सामसङ मोबाइल साट्न मिल्ने भएको छ । सामसङ प्रयोगकर्ताहरूले अब नयाँ सामसङ स्मार्टफोनकोे लागि आफ्ना पुरानो सामसङ स्मार्टफोनहरू एक्स्चेञ्ज गर्न सक्नेछन् ।
सामसङ मोबाईलका लागि आधिकारिक विक्रेता, आईएमएसले आफ्ना अधिकांश आईएमएस स्मार्ट शोरूमहरूमा सामसङ एक्स्चेञ्ज सुविधा ल्याएको छ । ग्राहकहरुले अब आफ्ना पुराना सामसङ स्मार्टफोनहरुमा राम्रो मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । साथै यस सुविधा मार्फत सामसङ स्मार्टफोन एक्स्चेञ्ज गर्न सक्नेछन् ।
इच्छुक ग्राहकहरूले केवल आईएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन वेभ पोर्टल मार्फत दिनेछ साथै एक्स्चेञ्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसङ स्मार्टफोनको सट्टामा नयाँ सामसङ स्मार्टफोन छनौट गर्न सक्नेछन् ।
उक्त सुविधा आईएमएस स्मार्टको ६ वटा शोरुमहरूमा पाइने छ ।
१. न्यूरोड, पाको, काठमाडौं   २. रोयल सिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं  ३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
४. अल्का अस्पताल नजिक, जावलाखेल, ललितपुर    ५. शेर्पा मल, दरवारमार्ग, काठमाडौं    ६. पिपल बोट चोकको नजिक, बौद्ध, काठमाडौं                                                                                                                                       कम्पनीले क्रमशः निकट भविष्यमा अन्य स्थानहरूमा पनि सुविधा विस्तार गरिनेछ ।

prabhu mahalaxmi
kumari