citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कामना सेवा विकास बैंकको ऐतिहासिक जित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । एसएस इभेन्टस्द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफलभएको छ ।
उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त वात्स्तब भएका थिए । उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे ।

उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । खेलाडीहरुलाई हौसला दिनकालागि बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेत खेल मैदानमा नै पुगेका थिए ।

बैंकले देशका विभिन्न ठाउँमा शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

himalayan life insurance
igi long