stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चियामा आत्मनिर्भर बन्दै धनकुटा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

धनकुटा । आर्थिक बर्ष २०७६/७७मा धनकुटाबाट ६२ हजार किलो तयारी चिया निर्यात भएको छ । स्थानीय किसानले उत्पादन गरेको र ठूला चिया कारखानाहरु नारायणी टी स्टेट र गुराँसे टी स्टेटबाट यो परिणामको चिया निर्यात भएकोे राष्टिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाको कार्यालय धनकुटाले जनाएको छ ।

नारायणी टी स्टेटबाट २२ हजार किलो चिया निर्यात भएको छ भने गुराँसे टि स्टेटबाट ४० हजार किलो चिया निर्यात भएको कार्यालयले जानकारी दिएको छ ।

धनकुटामा ५ हजार ३६ किसान चिया खेतिमा संग्लन रहेका छन् भने करिब १० हजार ६७ रोपनीमा चिया खेति हुने गरेको राष्टिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाको कार्यालय धनकुटाले जनाएको छ ।

prabhu mahalaxmi
kumari