stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

न्यूयोर्क । विश्व स्वास्थ्य संगठन ()ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ।

पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो। कोभिड–१९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले प्रतिबन्धहरूभन्दा सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनेतर्फ सोच्नुपर्ने बताउनु भएको छ।

गत साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली देशहरूका नागरिक भएको भन्दै वर्तमान समयमा यूरोप कोरोनाको केन्द्रविन्दु बन्दै गएको पनि डब्लुएचओले बताएको छ। यसैबीच पछिल्लो २४ घन्टामा ४ लाख भन्दा बढि संक्रमित थपिएका छन् ।

prabhu mahalaxmi
kumari