stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दशैँ लक्षित सुरक्षा योजनाः देशैभर ४८ हजारभन्दा बढी प्रहरी परिचालन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दशैँको बेला देशभरि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । यस पटक विगतमा जस्तो उल्लासमय दशैँ नभए पनि प्रहरीले भने दशैँ र तिहारजस्ता चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना लागु गरेको हो ।

यसपालि दशैँ–तिहार सहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै नेपाल प्रहरीले देशैभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालन गरेको जनाएको छ ।

काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा घर छोडेर दशैँ मनाउन अन्यत्र जानेहरूलाइ सजग रहन समेत निर्देशन दिइएको छ । घर छोड्नुपरेमा प्रहरीमा जानकारी गराएर छोड्न भनिएको छ ।

दशैँमा काठमाडौँबाट घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जानकारी गराएर जान काठमाडौँ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले आग्रह गरेका छन् । पोखरेलले घर वा डेरामा बहुमूल्य सामान नराख्न र घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर मात्र बाहिर जान अनुरोध गरे ।

साथै यसपाली कोरोना महामारीका कारण भीडभाड नगरेर, भेला नभएर सामान्य तवरले दशैँ मनाउन सरकारले अनुरोध गरेको छ ।

prabhu mahalaxmi
kumari