stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

रहिम स्टर्लिङको गोलमा सिटीको संघर्षपूर्ण जित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी  । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनललाई १–० को गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल रहिम स्टर्लिङले गरेका थिए । उनले खेलको २९ औं मिनेटमा गरेको गोल नै सिटीको जितका लागि पर्याप्त बन्यो ।

पेनाल्टी क्षेत्र भित्रबाट मिडफिल्डर फिल पोडेनले गरेको प्रहार आर्सनलका गोलरक्षक बर्नड लेनोले क्लियर गरेका थिए । लेनोले क्यिर गरेको बललाई स्टर्लिङले सोझै गोलमा परिणत गरेका थिए । त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन ।

जितसँगै सिटीले चार खेलबाट ७ अंक जोडेको छ । पाँच खेल खेलेको आर्सनलको भने ९ अंक छ ।

prabhu mahalaxmi
kumari