stcnepal long ad
global ime bank long

करदाता प्रोत्साहन उपहार कार्यक्रमः भदौ महिनाका विजेताहरुको नाम आज घोषणा गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षदेखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताहरुका नाम आज सार्वजनिक गरिँदैछ।

आन्तरिक राजस्व विभागको सभाहलबाट विजेताको नाम घोषणा गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

आज भदौ महिनाभरिका ३१ जना १ लाख विजेता र दुईजना बम्पर विजेताको नाम सार्वजनिक गरिनेछ। भोटेकोशी नदीमा आएको बाढी कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो।

IME Lifesidebar
kumari