stcnepal long ad
global ime bank long

अर्थमन्त्री डा. स्वर्णिम  वाग्ले भारत प्रस्थान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ आज बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा. वाग्लेले आज साँझ ५ः०० बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ ।

साथै शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । भोलि साँझ ५ः०० बजे भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ताको कार्यक्रम छ ।

शुक्रबार साँझ ७ः३० बजे भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ ।

त्यसैगरी, शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनु हुनेछ भने सोही दिन ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । उहाँ शनिबार साँझ ४ः०० बजे स्वदेश फिर्ता हुने कार्यतालिका छ ।

उहाँको भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख डा. सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत हुनुहुन्छ ।

IME Lifesidebar
kumari