नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्सको लाइसेन्स खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्सको सञ्चालन इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । राष्ट्र बैंकले २०५८ फागुनमा दिएको लाइसेन्स एक सूचना जारी गर्दै खारेज गरिएको जानकारी दिएको हो । यस फाइनान्सलाई राष्ट्र बैंकले २०६९ सालमै समस्याग्रस्त घोषणा गरेको थियो ।
त्यसपछि पनि कम्पनीको वित्तीय अवस्था सुदृढ हुन नसकेपछि २०७१ बाट खारेजीको प्रक्रिया सुरु अघि बढाइएको थियो । सञ्चालक तथा व्यवस्थापनको मिलेमतोमा वित्तीय घोटाला भएको तथा व्यापक मात्रामा कर्जा दुरुपयोग भएपछि कम्पनी समस्याग्रस्त बनेको थियो ।
























