मिर्मिरे र नागबेली लघुवित्तको एकीकृत कारोबार भदौ ७ बाट सुरु
काठमाडौं । मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई एक्वायर गरेर भदौ ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ ३ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।
दुवै एक भएपछि अब मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ । दुवै कम्पनीको असार २० गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।


























