stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णतः अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ ।

इरानले पाकिस्तानमार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितिता खोजेको इरानको समाचार संस्था तस्निमले जनाएको छ ।

यस्तै इरानले लडाइँबाट खेप्नुपरेको हानिको इरानले क्षतिपूर्ति पाउनुपर्ने र हर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग गरेको छ ।

योसँगै एशियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ दशमलव १ प्रतिशतले बढेर १०५ डलर प्रतिब्यारल पुग्यो । गएको २८ फेब्रुअरीमा युद्ध शुरू भएपछि हर्मुज जलमार्ग अवरुद्ध भएको छ ।

हर्मुज जलमार्गबाट पानीजहाजमार्फत विश्वका विभिन्न ठाउँमा तेल र ग्यासको आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढेको हो । अमेरिकाले हर्मुज जलमार्गमा पानीजहाजको आवतजावत खोल्ने र इरानले परमाणु पदार्थ प्रशोधन गर्ने काम स्थगित गर्नुपर्ने शर्तसहित १४ बुँदे प्रस्ताव गरेको थियो ।

केही दिनअघि ट्रम्पले इरान युद्ध चाँडै टुङ्गिने बताए पनि इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानमा  थुपारिएको  युरेनिअम  बाहिर ननिकालिएसम्म युद्ध नटुङ्गिने बताउनुभएको थियो ।

शान्तिवार्ता गर्नका लागि अप्रिल महिनाको शुरूतिर युद्धविराम घोषणा भएको थियो । केही छिटपुट घटनाबाहेक युद्धविराम पालना भएको देखिन्छ ।

इरानलाई एकीकृत प्रस्ताव प्रस्तुत गर्नका लागि समय उपलब्ध गराउन भन्दै ट्रम्पले युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याउनुभएको थियो ।

prabhu mahalaxmi
kumari