citizens life insurance long ad
stcnepal long ad

एन्फाले आजदेखि खेलाडीको कोरोना परीक्षण गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको आजदेखि कोरोना परीक्षण गर्ने भएको छ । फिफा विश्वकप छनोटका लागि तयारी गर्नु अगाडि एन्फाले कर्मचारी र प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको हो ।

आज काठमाडौं बाहिरबाट आएर होटलमा क्वरेण्टीनमा बसेका ११ जना खेलाडीको कोरोना परीक्षण हुनेछ । उनीहरुको बिहान १० बजेदेखि पाटन अस्पतालमा कोरोना परीक्षण हुने भएको हो । प्रशिक्षण  आगामी भदौ १ गतेबाट  सुरु हुनेछ ।

काठमाडौं उपत्यका बाहिरबाट आएका ११ खेलाडी होटलमा बसेका छन्, भने २२ जना खेलाडी घरमा नै होम क्वरेण्टीनमा छन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्ने योजना छ । नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दैछ । त्यस पछि  असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

IME Life
kumari