stcnepal long ad
ime life insurance
national life
global ime bank long

भक्तपुरको सल्लाघारीमा सेन्ट्रल फाईनान्सको एक्स्टेन्सन काउन्टर तथा एटीएम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भक्तपुरको सल्लाघारीमा सेन्ट्रल फाईनान्सले एक्सटेन्सन काउण्टर तथा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । कुपण्डोल, ललितपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको आफ्नै कर्पोरेट भवन निर्माणको अन्तिम चरणमा रहेको र छिटै आफ्नै भवनबाट वित्तीय कारोबार सञ्चालन गरिने संस्थाले जनाएको छ । संस्थाको काठमाडौं सहित १० वटा शाखा सञ्चालनमा रहेको छ ।

शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप धनुषाको जनकपुर र सर्लाहीको लालबन्दीमा थप शाखा र सिन्धुलीको डकाहामा एक्सटेन्सन काउण्टर खोल्ने प्रकृया अन्तिम चरणमा रहेको छ ।

बैंकिङ्ग सेवामा एटीएम सेवा, एसएमएस बैंकिङ्ग सेवा, ईसीसी सेवा, आईपीएसर कनेक्ट आईपीएस सेवा, विभिन्न विप्रेशन रेमिट्यान्स सेवा तथा सीआश्वा सेवा संचालनमा रहेको तथा मोबाइल बैंकिङ्ग सेवा छिट्टै संचालन गरिने छ । साथै व्यक्तिगत खाताको लागि ३ लाख रुपैयाँसम्मको निक्षेप बीमा गरिएको छ ।

यस वित्तीय संस्थाको चुक्ता पुँजी ८२ करोड ३४ लाख रुपैयाँ, निक्षेप ४ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ र कर्जा लगानी ३ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

IME Lifesidebar
kumari