stcnepal long ad
ime life insurance
national life
global ime bank long

नायिका साम्राज्ञी नयाँ चलचित्रमा अनुबन्धित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चलचित्र ‘प्रेमगीत ३’का कलाकार मनिष राउतसँग साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्ने भएकी हुन् ।

साम्राज्ञीसँगै यस चलचित्रमा आना शर्मा पनि अनुबन्धित भएकी छिन् । सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रको लागी बिहीबार दुवै अभिनेत्रीले साइन गरेका हुन् । दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने खुलाइएको छैन ।

प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रको लागी ‘प्रेमगीत ३’मा प्रवेश गरे सँगै चर्चामा आएका मनिषले केही पहिल्यै सम्झौता गरिसकेका छन् । युवा मनोविज्ञानमा आधिरत रहने चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको बुझिएको छ ।

IME Lifesidebar
kumari