stcnepal long ad
ime life insurance
national life
global ime bank long

ग्यालेक्सी हस्पिटलमा गरिमा विकास बैंकका ग्राहकलाई विशेष छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पोखराको ग्लालेक्सी हस्पिटलमा गरिमा विकास बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेकका अन्य सेवा १२ प्रतिशत छुट पाउने भएका हुन् ।

सो सम्बन्धि दुई संस्थाबीच सम्झौता भएको छ । साउन २० गते मंगलबार सम्पन्न भएको सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात गरिमा विकास बैंकका कर्मचारी र कर्मचारीका परिवार, भिजा कार्ड होल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले सो मात्राको छुट पाउने भएका हुन् ।

गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

IME Lifesidebar
kumari