कामना सेवा विकास बैंकको १९ औँ वार्षिक साधारण सभा असोज २४ गते
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले असोज २४ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार १९५.४० रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
जसमा १० प्रतिशतले हुन आउने ३५ करोड १० लाख ८४ हजार ६१९.५४ रुपैयाँ बराबरको बोनस शेयर र ५.७८९५ प्रतिशतले हुन आउने २० करोड ३२ लाख ६० हजार ४४०.४८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) छन्।
बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
साधारण सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ। साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
लाभांश र साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।






















