stcnepal long ad

पाकिस्तान प्रशासित जम्मू कश्मीरमा संकट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

पाकिस्तान अधिनस्थ जम्मू र कश्मीर (पिओजेके) गहिरो मानवीय शासन संकटको चपेटामा छ, जसले पाकिस्तानी राज्यको संरचनात्मक उपेक्षा, शोषण र पुर्ण उदासिनतालाई  उजागर गर्दछ ।

स्वायत्त वा प्राथमिकता प्राप्त क्षेत्र हुनुभन्दा टाढा, (पिओजेके) लाई यसको स्रोतहरुको लागि उत्खनन गरिएको परिधीय क्षेत्रमा सिमित गरिएको छ । साथै, यसको जनसंख्या भत्किएकापूर्वाधार, सार्वजनिक सेवाहरु भत्किरहेको र दीर्घकालिन गरिबीबाट पीडित छ ।

यो संकट दशकौंको जानाजानी कम लगानी, निकासी नीतिहरु, व्यक्तिगत अधिकारहरुको दमन र राजनीतिक प्रतीकवादको उपज हो । कब्जा गरिएको क्षेत्रमा बिजुली उत्पादन गरिन्छ तर किफायती दरमा स्थानीयहरुलाई बेचिन्छ, सफा पानी एक विलासिता हो जुन आधा जनसंख्याले पहुँच गर्न सक्दैन, प्रत्येक मनसुनसँगै सडकहरु विघटन हुन्छन, र अस्पताल र विद्यायलहरु मुश्किलले काम गर्छन ।

इस्लामावादले (पिओजेके) का मानिसहरुलाई तोडिएका वाचाहरु र सड्ने प्रणालीहरुमा बाँच्न त्यागेको छ । क्षेत्रको हालमो अवस्था केवल दिगो मात्र छैन, यो अन्यायपूर्ण विस्फोटक र व्यापक राष्ट्रिय असफलताको लक्षण हो ।

पिओजेके ले ३,००० मेगावाट (एमएम) भन्दा बढी जलविद्युत उत्पादन गर्छ, मुख्यता मंगला बाँधबाट, तैपनि स्थानीयहरुले प्रति युनिट पीआरके ३० तिर्नुपर्छ, जुन पीआरके  २ उत्पादन लागतभन्दा धेरै बढी हो ।

यो ऊर्जा असमानता फराकिलो ढाँचाको उदाहरण होः पिओकेजे ले पाकिस्तानलाई महत्वपुर्ण स्रोतहरु प्रदान गर्दछ  तर बदलामा थोरै मात्र प्राप्त गर्दछ ।

पिओजेके ले ३,००० मेगावाट (एमएम) भन्दा बढी जलविद्युत उत्पादन गर्छ, मुख्यता मंगला बाँधबाट, तैपनि स्थानीयहरुले प्रति युनिट पीआरके ३० तिर्नुपर्छ, जुन पीआरके  २ उत्पादन लागतभन्दा धेरै बढी हो ।

यो ऊर्जा असमानता फराकिलो ढाँचाको उदाहरण होः पिओकेजे ले पाकिस्तानलाई महत्वपुर्ण स्रोतहरु प्रदान गर्दछ  तर बदलामा थोरै मात्र प्राप्त गर्दछ ।

बासिन्दाहरुले यसलाई पाकिस्तानको तथाकथित राष्ट्रिय हितमा ढाकिएको वित्तीय शोषण संयन्त्रको रुपमा हेर्छन । ऊर्जा पाकिस्तानको शहरी केन्द्रहरु र चीन पाकिस्तान आर्थिक करिडोर (सिपीइसि) मा पठाइन्छ अ। एर्क समयमा, पिओजेके दीर्घकालीन लोडसेडिङ बढेको बिलहरु, र उःर्जा ग्रिड वा वितरण प्रणालीमा स्थानीय पुनर्लगानीको पूर्ण अभावबाट ग्रस्त छ ।

आधारभूत मानव अधिकारको रुपमा रहेको पानीको पहुँच पिओकेजेमा खतरनाक रुपमा अपर्यात्प छ । पिओकेजेको लगभग ५०% जनसंख्या सफा पिउने पानीको पहुँचबाट बञ्चित छ, र ९०% पानीको स्रोतहरु मानव उपभोगको लागि असुरक्षित मानिन्छन ।

यो संकटले हैजा झाडापखाला र हेपाटाइटिस जस्ता पानीजन्य रोगहरुबाट वार्षिक ३,००० भन्दा बढीको मृत्यु हुन्छ । नीलम, कोटली र हवेल जस्ता ग्रामीण जिल्लाहरुमा अवस्था विशेष गरी भयानक छ, जहाँ पाइपयुक्त पानी र ढल निकास पूर्वाधारको अभावले दु्रषित मुहानहरु वा स्थिर स्रोतहरुमा निर्भर रहन बाध्य पार्छ ।

२०२५ को घरपरिवार सर्वेक्षणले पुष्टि गरयो कि पानीको अभाव र कमजोर सरसफाइ रोकथाम गर्न सकिने मृत्युदरको प्रमुख कारणहरु मध्ये एक थियो र सरकारले यो बढ्दो स्वास्थ्य प्रकोपलाई सम्बोधन गर्न उपचारात्मक परियोजनाहरुको योजना बनाएको छैन वा वित्त पोषित गरेको छैन ।स्वास्थ्य सेवा अर्को क्षेत्र हो जहाँ पिओकेजे गम्भीर रुपमा पछाडि छ ।

यस क्षेत्रमा प्रत्येक १,५०,००० मानिसहरुको लागि एउटा मात्र अस्पताल छ, जुन विश्व स्वास्थ्य संगठनको सिफारिस गरिएको १:१०,००० अनुपात भन्दा धेरै कम हो । अझ नराम्रो कुरा, यस क्षेत्रको ठुलो भागमा कुनै पनि कार्यात्मक ग्रामीण स्वास्थ्य केन्द्रहरु छैनन् ।

चिकित्सा कर्मचारीको अभाव। अपर्याप्त कोषको बन्दोबस्त ढिलाइले आधारभूत चिकित्सा पहुँचलाई पनि विशेषधिकारमा परिणत गरेको छ । यो अवस्थाले महिला,वृद्धवृद्धा र पहाडी भू–भागमा बस्नेहरुलाई असमान रुपमा असर गर्छ । यस सन्दर्भमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सम्बधी अन्तराष्ट्रिय अनुबन्ध अन्तर्गत पाकिस्तानको प्रतिवद्धताहरु अपूर्ण छन ।

पिओकेजे को जनसंख्याको केवल २.२% ले विश्वविद्यालयको डिग्री हासिल गरेको छ , जुन पाकिस्तानको राष्ट्रिय औसत भन्दा कम हो । ग्रामीण विद्यालयहरु प्रायः प्रमाण्ति शिक्षकहरु बिना नै सञ्चालन हुन्छन, बिजुलीको अभाव हुन्छ, र पुरानो सिकाइ सामग्रीहरु प्रदान गरिन्छ ।

महिला शिक्षा विशेष गरी रुढिवादी वा सेवाबाट बञ्चित क्षेत्रहरुमा पीडित हुन्छ, जहाँ पूर्वाधार सीमितताहरु सामाजिक कलंकसँग मिल्छन । निलम, बाग र सुध्रोतीमा ष्रिएको एक अध्ययनले कमजोर शैक्षिक प्रदर्शन, उच्च विद्यालय छोड्ने दर र कमजोर भौतिक पूर्वाधार विद्यार्थीको प्रगतिमा निरन्तर बाधाहरु रहेको पत्ता लगाएको छ ।

आर्थिक सीमान्तीकरण पिओकेजेमा व्यापक पूर्वाधार क्षयको कारण र परिणाम द्वै हो । यस क्षेत्रको अर्थतन्त्र कृषि, रेमिटयान्स र पर्यटनमा निर्भर छ ।

पिओकेजेका दश जिल्लाहरुमा घरायसी सम्पत्ति विवरणको विश्लेषणले जलवायु जोखिम र कम शिक्षा स्तर जस्ता संरचनात्मक अवरोधहरुसँगै उच्च गिनी गुणांकद्धारा मापन गरिएको चरम असमानता देखाएको छ ।

ग्रामीण पिओकेजेमा, गरिबीको स्तर ३०% भन्दा बढी छ, र खाद्य असुरक्षाले लगभग आधा जनसंख्यालाई असर गर्छ, विशेष गरी जाडो र मनसुनको मौसममा जब सडकहरु अवरुद्ध हुन्छन र स्थानीय बालीहरु घट्छन ।

यस उपेक्षाको प्रभाव मे २०२४ मा कब्जा गरिएको क्षेत्रमा ठुलो मात्रामा सार्वजनिक विरोध प्रदर्शनको क्रममा देखा परयो । मुजफ्फराबाद, मिरपुर, कोटली रावलकोट र बागमा व्यवसाय, यातायात र सरकारी कार्यालयहरु बन्द गर्दै दशौं हजार पिओके बासिन्दाहरु सडकमा उत्रिए ।

संयुक्त अवामी कार्य समितिको नेतृत्वमा भएको आन्दोलनले उचित बिजुली मूल्य निर्धारण, गहुँ र इन्धनमा अनुदान र शासनमा अभिजात वर्गको विशेषाधिकारको अन्त्यको माग गरयो ।

विरोध प्रदर्शन हिँसात्मक भिडन्तमा परिणत भयो, जसको परणामस्वरुप कम्तिमा तीन नागरिकको मृत्यु, दर्जनौं घाइते र गिरफ्तार भए । यो सार्वजनिक आक्रोश पछि मात्र संघीय सरकारले २३ अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गरयो, जसलाई स्थानीयहरुले मूल कारणहरुको समाधान होइन, असहमतिलाई शान्त पार्ने एउटा उपायको रुपमा मात्र हेरे । यी विरोधीहरु असामान्य होएनन् तर पिओकेजेमा लामो सयमदेखिको अलगावको अभिव्यक्ति हुन ।

इस्लामाबादले वार्षिक रुपमा बजेत विनियोजन र अस्थायी विकास अनुदानको प्रचार गर्छ, तर जमीनी वास्तविकताहरु विरलै परिवर्तन हुन्छन । २०२४÷२५ मा, संघीय सरकारलेपिओकेजेको विकासका लागि ४४ अर्ब पाकिस्तानी रुपैयाँ विनियोजन गरेको दाबी गरयो ।

यद्यपि, विवरण ढिलाइ, पारदर्शिताको अभाव र अभिजात वर्गको कब्जाले धेरैजसो रकम प्रयोग नगरिएको वा दुरुपयोग भएको सुनिश्चित गरेको छ ।  यसैबीच २०२४ को शान्तिसभा अध्यादेश जस्ता नयाँ कानूनहरुले विरोधमा अभूतपूर्व नोकरशाही प्रतिबन्धहरु लगाउँछन, असहमतिलाई यसको कारणहरुलाई सम्बोधन गर्नुको सट्टा अपराधीकरण गर्छन ।

पिओकेजेको हालको अवस्था ठुलो विद्रोहको चरम सिमान्तीकरणमा पुगेको छ । दशकौंको संरचनात्मक उपेक्षा, आर्थिक शोषण र राजनीतिक सिमान्तीकरणले पाकिस्तानी राज्यमाथिको कुनै पनि अवशिष्ट विश्वासलाई क्षय गरेको छ ।

पहिले निराशा भएको कुरा अब सामुहिक आक्रोसमा परिणत भएको छ । हालैको विरोध प्रदर्शनहरु पिओकेजेका जनता र इस्लामाबाद–रावलपिंडी स्थापना बीचको द्रुत गतिमा विघटनको चेतावनीको संकेत हो ।

पाकिस्तानी सेनाले स्थानीयहरुलाई बिजुली, पानी, स्वास्थ्य सेवा र सञ्चालनमा रहेका सडकहरु अस्वीकार गर्दै जलविद्युत नाफा निकाल्न जारी राख्दा, आक्रोशले द्रुत गतिमा खुला अवज्ञा निम्त्याउँदैछ ।

पिओकेजेमा अवस्थित राजनीतिक व्यवस्थालाई पूर्ण रुपमा अस्विकार गर्ने युवा, नागरिक समाज र तल्लो तहका संगठनहरुमाझ बढ्दो चर्चा छ । पाकिस्तानको प्रतिगामी नीतिहरुले जनसंख्यालाई नागरिक जनविद्रोहको छेउमा धकेलेको छ ।

पिओकेजे अब विकास खोजिरहेको छैन,यो केवल अस्तित्वको माग गरिरहेका छ, र आधारभूत अधिकारहरु प्रदान गर्न पाकिस्तानी राज्यको असफलताले पिओकेजेमा थप  अस्थिरता बढाइरहेको छ,  जसले यस क्षेत्रमा पाकिस्तानको अवैध शासनलाई गप प्रमाणित गरिरहेको छ ।

 

gold
kumari bank
kumari
nawakantipur long