stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ, न्युक्लियर वारको सम्भावना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रुससँगको वाक्युद्धपछि अमेरिकाले दुई वटा परमाणु पनडुब्बी तैनाथ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री मेडभेडेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुई वटा परमाणु पनडुब्बी ‘सही स्थान’ मा तैनाथ गर्न आदेश दिनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

रुसका पूर्वराष्ट्रपति मेडभेडेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गर्नुभएको थियो । ट्रम्पले यसअघि नै रुसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले ती पनडुब्बी कहाँ तैनाथ गरिएको हो भन्ने खुलाउनुभएको छैन । उहाँले भन्नुभयो, “हामीलाई धम्की दिइयो, जुन ठिक लागेन । त्यसैले सतर्क हुनु पर्‍यो, मैले अमेरिकाका जनताको सुरक्षाका लागि यस्तो निर्णय लिएको हुँ ।”

उता रुस सरकारले यो विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । ट्रम्प र मेडभेडेवबिच पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र वाक्युद्ध भइरहेको छ । ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनविरुद्धको युद्ध रोक्न यही अगस्ट ८ सम्मको समय दिनुभएको छ । पुटिनले भने युद्ध रोक्नेबारे कुनै सङ्केत गर्नुभएको छैन ।

पनडुब्बी बनाउन निकै महँगो पर्छ । एउटै परमाणु पनडुब्बी बनाउन अर्बौं डलर लाग्छ र अत्यन्त अनुभवी वैज्ञानिक र विशेषज्ञ चाहिन्छ । हाल चीन, भारत, अमेरिका, बेलायत, फ्रान्स र रुससँग मात्रै परमाणु शक्तिबाट चल्ने पनडुब्बी छन् ।

IME Lifesidebar
kumari