stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्यालेस्टिनलाई स्वतन्त्र देशको मान्यता दिने ब्रिटेनको घोषणा !

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

गाजाको भयावह अवस्थालाई अन्त्य गर्न ठोस कदमहरू नचाले ब्रिटेनले आगामी सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले बताएका छन् ।

प्रधानमन्त्री स्टार्मरले इजरायलले युद्धविराममा सहमति, दुई–राज्य समाधानसहित दीर्घकालीन शान्तिको प्रतिबद्धता र संयुक्त राष्ट्रसंघलाई सहायता आपूर्ति पुनः सुरु गर्न अनुमति दिनुपर्ने सर्तहरू राखेका छन् । यी सर्तहरू पूरा नभए बेलायतले संयुक्त राष्ट्रसंघको सेप्टेम्बर महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो कदमले हमासको आतंकवादलाई पुरस्कृत गर्ने भन्दै आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “इजरायलको सीमानामा जिहादी राज्यले भोलि बेलायतलाई पनि धम्की दिनेछ । आतंकवादीप्रतिको तुष्टिकरण सधैँ असफल हुन्छ ।”

बेलायत सरकारले पहिले शान्ति प्रक्रियाको हिस्साको रूपमा, अधिकतम प्रभाव पार्ने समयमा मात्र प्यालेस्टिनी राज्यलाई मान्यता दिनुपर्ने बताएको थियो ।

तर, प्रधानमन्त्री स्टार्मरमाथि आफ्नै सांसदहरूबाट छिटो कदम चाल्न दबाब बढ्दै गएको छ । गत हप्ता, जी–७ समूहको पहिलो देशको रूपमा फ्रान्सले पनि सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेको थियो ।

आकस्मिक मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै स्टार्मरले गाजाको असहनीय अवस्था र दुई–राज्य समाधानको सम्भावना घट्दै गएको चिन्ताले यो योजना अहिले घोषणा गरेको बताए ।

उनले बेलायतको लक्ष्य सुरक्षित इजरायल र सार्वभौम प्यालेस्टिनी राज्य भएको तर यो लक्ष्य पहिलेभन्दा धेरै दबाबमा रहेको उल्लेख गरे । उनले गाजामा सहायता प्रवेश सुनिश्चित गर्न र वेस्ट बैंकमा कुनै कब्जा नहुने स्पष्ट गर्न इजरायललाई आग्रह गरे ।

तर, वर्तमान इजरायली सरकार दुई–राज्य समाधानको विरोधमा रहेकाले यी सर्तहरू स्वीकार गर्ने सम्भावना कम छ ।
यसैबीच, स्टार्मरले हमासले तुरुन्तै सबै बन्धक रिहा गर्न, युद्धविराममा सहमति गर्न, निशस्त्रीकरण गर्न र गाजाको सरकारमा कुनै भूमिका नखेल्ने स्वीकार गर्नुपर्ने बताए ।

IME Lifesidebar
kumari