stcnepal long ad
ime life insurance
global ime bank long

केटिएम हस्पिटालिटी लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । केटिएम ग्रुप होल्डिङ्गस अन्तर्गत संचालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले १२,५०,००,०००/– रकम बराबरले हुन आउने रु. १००/– का दरले १२,५०,०००/– कित्ता प्राथमिक शेयर निष्काशन गर्नको लागि मिति २०८२/०३/१८ गतेका दिन आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा केटिएम हस्पिटालिटी लिमिटेड बीच सम्झौता सम्पन्न भयो । स

र्वसाधारणमा जारी गर्नको लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेड को मुख्य कार्यालय, काठमाडौमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको समुपस्थितिमा हस्ताक्षरित सो सम्झौता–पत्रमा केटिएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभयो ।

केटिएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूह अन्तर्गतको एक लक्जरी पाँच तारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा सुरुवात गर्ने तयारी मा रहेको छ ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

prabhu mahalaxmi
kumari