stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

युभेन्टस लगातार नवौँ पटक बन्यो सिरी ‘ए’ को च्याम्पियन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इटालियन जाइन्ट युभेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । आइतबार राति घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरिया माथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ च्याम्पियन बनेको हो ।

युभेन्टसलाई च्याम्पियन बनाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । रोनाल्डोले एक पेनाल्टीमा गोल गर्न सकेनन् । खेलमा पाहुना टोलीलाई दवावमा राखेपनि युभेन्टसले गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।

२० औं मिनेटमा रोनाल्डोले गोल गर्ने अवर चुकाउदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो । ४४ औं मिनेटमा मिरालेम प्यानिचको पासमा फेडरिको बर्नरडेस्चीको साम्पडोरियाका गोलरक्षक इमिल एयुडेरोले बचाए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । मिरोलम प्यानिचको उत्कृष्ट सेट पिस पासमा रोनाल्डोले बटम राइट कर्नरमा गोल गर्न सफल भएको थियो ।

५२औं मिनेटमा साम्पडोरियाका जाकुव जान्कटुले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ६१औं मिनेटमा रोनाल्डोको प्रहारलाई गोलरक्षक इमिल एयुडेरोले बचाए ।

६७औं मिनेटमा फेडरिको बर्नरडेस्चीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । पेनाल्टी बक्स बाहिरको रोनाल्डोको सशक्त प्रहारलाई गोलरक्षक इमिल एयुडेरोले रोकेपनि रिवाउन्डमा फेडरिकोले गोल गर्न सफल भएका थिए ।

७७औं मिनेटमा साम्पडा्ेरिया १० खेलाडीमा समेटियो । मिरालेम प्यानिचमाथि फउल गरेपछि रेफ्रीले मोर्टेन थोर्सवीलाई दोहोरो पहँेलो कार्ड देखाउदै मैदान बाहिर पठाए ।

८८औं मिनेटमा युभेन्टसले पेनाल्टी पाएपनि रोनाल्डोले सदुपयोग गर्न सकेन । एलेक्स सान्द्रोलाई डिपाओलीले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डोको प्रहार क्रसबारमा लागेर बाहिरिएको थिए ।

च्याम्पियन बनेको युभेन्टसको ३६ खेलबाट ८३ अंक पुगेको छ । दोस्रो स्थानम रहेको इन्टर मिलानको ७६ अंक रहेको छ । आइतबार पराजित साम्पडोरिया ४१ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

prabhu mahalaxmi
kumari