stcnepal long ad
ime life insurance
global ime bank long

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपेबीच रणनीतिक साझेदारी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । भिसा (NYSE:V) विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्युआर प्रणाली मार्फत भुक्तानी गर्न सक्षम बनाउन स्क्यान टु पे सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ ।

यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा छ ।

भिसा र फोनपेको यो स्क्यान टु पे सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी क्युआ। व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउनेछ ।

अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने, उनीहरूले नेपालमा फोनपे क्युआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।

भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं ।

यो भिसाको फोनपेसँगको साझेदारीमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो, र हामी देशमा भुक्तानी गर्ने र भुक्तानी पाउने थप नवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउन उत्सुक छौं ।”

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “यो साझेदारी फोनपेको क्युआर योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो, जसले विश्वभरका भिसा कार्डधारकहरूलाई क्युआर भुक्तानी स्वीकृति जस्ता वैकल्पिक भुक्तानी मार्गहरूमा निर्बाध र सुरक्षित डिजिटल कारोबार अनुभव प्रदान गर्दछ ।

भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको मजबूत क्युआर पूर्वाधारले सीमापार लेनदेनलाई अझ पहुँचयोग्य र सुविधाजनक बनाउँदै नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउनेछ ।

यसले साना – ठूला सबै व्यवसायीहरूलाई फाइदा पुग्नेछ र नेपालमा वित्तीय समावेशीकरणलाई अझ बलियो बनाउनेछ ।

prabhu mahalaxmi
kumari