stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल–इटाली सम्बन्ध सुदृढीकरण: नव नियुक्त इटालियन राजदूतद्वारा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि नव नियुक्त इटालियन राजदूत महामहिम एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गर्दै दुई देशबीच व्यापार, लगानी, पर्यटन, तथा विकासलाई प्रवद्र्धन गर्ने सम्भावनाहरूको बारेमा छलफल गर्नुभयो ।

उक्त बैठकमा सम्माननीय व्यक्तित्वहरू – कोलकत्ताका लागि इटालीका मानार्थ महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका मानार्थ संरक्षक राजेश काजी श्रेष्ठ, नेपालका लागि इटालीकी मानार्थ महावाणिज्यदूत सुश्री प्रतिमा राणा पाँडे तथा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका बोर्ड सदस्यहरूको उपस्थिति रहेको थियो ।

बैठकले नेपाल र इटालीबीच आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने अवसरहरूको खोजी गर्न महत्वपूर्ण मञ्चको रूपमा भूमिका निर्वाह गर्यो ।

छलफलको मुख्य विषयहरू द्विपक्षीय व्यापार प्रवद्र्धन, व्यवसायिक सञ्जाल विस्तार, तथा प्रमुख क्षेत्रहरूमा लगानी अभिवृद्धि गर्ने विषयहरू थिए ।

महामहिम राजदूत एन्तोनियो बार्तोलीले पर्यटन, पूर्वाधार, तथा प्रविधि क्षेत्रमा नेपालसँगको आर्थिक सहकार्यलाई अझ सशक्त बनाउने इटाली सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालले नेपाल र इटालीबीच व्यापारिक समुदायलाई जोड्ने तथा पारस्परिक लाभदायक साझेदारीहरू प्रवद्र्धन गर्ने संस्थाको भूमिकालाई पुनः पुष्टि गर्नुभयो ।

बैठक नेपाल र इटालीबीचको सम्बन्धलाई आगामी वर्षहरूमा रणनीतिक पहलहरू तथा सहकार्य पूर्ण कार्यक्रमहरू मार्फत थप सुदृढ गर्ने साझा प्रतिबद्धताका साथ सम्पन्न भयो ।

prabhu mahalaxmi
kumari