stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज नाग पञ्चमी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ ।

शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महìव रहेको वर्णित छ ।
नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नाग प्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ ।

काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारि टौदह, नक्साल नागपोखरी र चाँगुनारायण कलमसीस्थित कल्पेश्वर नागमा विशेष रूपमा पूजा अर्चना गर्ने प्रचलन  छ ।

नागपञचमी र यसकाे किमदन्ती
आज नागपञ्चमी  नागकाे पुजा र आरधना गरिदैछ । नागवंशी मानव समूह गणचिह्न बनाउँदा झण्डामा सर्पको चित्र राख्थे । उनीहरू खाण्डवमा बस्थे । महाभारतका अर्जुनले त्यहाँको वनमा चारैतिरबाट आगो लगाएर बाहिर निस्कन नदिई नागवंशीहरूलाई मारे । केही मात्र फुत्किन सफल भए । अर्जुनको वध गर्न एउटा नाग कर्णको सहयोगी बन्यो ।
उसलाई पनि अर्जुनले मारे । त्यसको साटो फेर्न नागवंशीहरूले अर्जुनका नातिलाई मारे । त्यसपछि त नागवंशको विनाश गर्ने अभियानै चल्यो ।
त्यसबाट बच्न नागवंशीहरू चारैतिर भागेर लुके । शक्तिसञ्चय गरेपछि उनीहरू पनि पुराना शत्रुलाई आक्रमण गर्न थाले । सामान्य जनताले नागवंशीबाट बच्न नागवंशको प्रतीक सर्पको चित्र घरमा राखेर पूजा गरेको देखाउन थाले ।
यसरी नागपूजाको परम्परा चल्यो । तर नागवंशीहरू मारिँदै गए, भाग्दै गए, अरू जातिमा मिसिँदै गए । यसरी नागवंशीको सङ्ख्या घट्तै गयो ।
अन्ततः उनीहरू सबैतिरबाट भाग्दै र लुक्तै आफ्नो अस्तित्व जोगाउन एकै ठाउँमा जम्मा भएर बसे । त्यो ठाउँ अहिले भारतमा पर्छ । अङ्ग्रेजहरूले त्यस ठाउँलाई नागाल्यान्ड भने । नागवंशीलाई अचेल त्यहाँका आदिवासी जनजाति भन्छन् । नेपालमा अचेल नागवंशीहरू छैनन् ।
तर हामी नागपञ्चमी मनाएर नागवंशका योद्धाहरू अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, शङ्ख आदिको सम्झना गरिरहेका छौँ । यो ज्ञान मलाई कुलचन्द्र कोइरालाले दिनुभएको हो । उहाँको कथन सम्झिँदै आज मैले पनि नागपूजा गरेर नागवंशीहरूको सम्झना गरेँ ।
आज नाग पञ्चमी सृष्टीकर्ता परमपिता ब्रह्माजी र नागराजा बीचकाे संवादकाे दिन। देव,प्रकृति र मानव सबैकाे रक्षाकाे जिम्मेवारी पाएका नाग तथा नाग जातिहरू देवताकाे मात्र नभई सम्पूर्ण मानवकाे सच्चा मित्र भएर काम गरिरहेका छन।
सर्प नाग जातिकै सन्तान हुन। यिनले हावामा भएका आखाँले देख्न नसकिने खराब ब्याक्टेरियाहरू खाइदिएर प्रत्येक सेकेण्ड मानिसकाे रक्षा गरिरहेकाे हुन्छ।
भगवान विष्णु सधैं शेष शैयामा हुनुहुन्छ। देवादिदेव महादेवले सधैं गलामा धारण गर्नु भएकाे छ। यसरी नागहरू भगवानकाे गहनाकाे रूपमा नागदेव भएर रहनु भएकाे छ।
मानिसकाे सबै भन्दा नजिककाे साथी अरू काेही नभएर नागहरू नागजाति हुन। तसर्थ हामी नागकाे पूजा गर्छाैं,हाम्राे रक्षा गर,घरकाे रक्षा गर, अग्निबाट बचाउँ सबैकाे रक्षा गर भन्छाैं र पूजा आराधना गर्छाैं। हामीलाई हाम्री हजुर आमाले सर्प हाम्रा देवता हुन पूजा गर्नु पर्छ भन्नू हुन्थ्याे हाम्राे पहाड खाेटाङकाे ढिकुटीमा सधैं जाेडी नाग शिला घेरेर बसिरहन्थे। साइत हेरेर हजुर आमाले ढिकुटीबाट धान झिक्न लगाउनु हुन्थाे, त्यस अघि धुप हाल्न लगाउनु हुन्थ्याे ।
त्यतिखेर हजुर अामा भन्नुहुन्थ्याेकी नागदेवता याे नाति केटाेले धान झिकुन्जेल एकछिन पर गाराेतिर बसिदेउ भन्ने बित्तिकै सललल घरकाे गाराेकाे पश्चिम गएर बस्थे र हामी धान झिक्थेउ ! हामी दिनहुँ नागलाई सम्झन्छाैं र पूजन गरछाैं । झन आज नाग पञ्चमी श्रध्दाभक्तिकासाथ विशेष पूजा गराैं। सबै मानव , प्रकृति काे र भैपरी घटनाबाट रक्षा गर भगवान। नाग पञ्चमीकाे शुभदिनकाे अबसरमा सबैलाई शुभकामना। सबै नाग र नाग जातिहरूकाे जय हाेस।ॐ नम: शिवाय।
हाम्रो वैदिक सनातन सभ्यता, परम्परा र संस्कृति भित्र भएका हरेक चाड पर्बको गहिरो अर्थ छ र यी सबै साङ्केतिक छन ! विश्वासका साथ अनुसरण गर्दा मानब मात्रको कल्याण नभइ सबै प्राणी अनि समग्र प्रकृतीकै संरक्षण हुन्छ ! नाग (सर्प) ले बिषालु जीव खाने र प्रकृतीमा उत्पन्नहुने बिष आफुले ग्रहण गरि अन्य प्राणी लाई त्यसबाट जोगाउछ ! बिधाताले आफ्नो सृजना ( प्रकृति) लाई जोगाउन यहि भित्र दृष्य अदृष्य र ज्ञात अज्ञात पध्दती वा नियमहरु छन (Eco system ) जसको पालना गर्दा राम्रो हुने र उल्लङ्घन गर्दा नराम्रो हुन्छ ; त्यसैलाई पाप पुण्यको रुपमा पनि हेरिन्छ ! नाग (सर्प)ले हामीलाई यसरी मदत गर्ने हुदा नाग देवताको रुपमा पुज्ने गरिन्छ ।
नागको चित्र बनाइ टासिन्छ जसको साङ्केतिक अर्थ छ ! आजकै दिन हाम्रो घरमा कुलदेबता देबाधिदेब शिव को पुजा र रुद्री गर्ने परम्परा रहि आएको छ – धेरै नेपालीहरुले त्यहिनै गर्दछन !
” नजानामी योगम जपम नैब पुजाम नतोहम सदा सर्बदा शम्भु तुभ्यम “………! तदनुरुप देबाधिदेबमा क्षमा माग्दै मेरो प्रणाम ! देबाधिदेबको आभुषण नाग देवता मा नमन !
prabhu mahalaxmi
kumari