अजोड इन्स्योरेन्सको आईपीओको शेयर डिम्याट खातामा !
काठमाडौं । श्रावण ९ गते शुक्रबार अजोड इन्स्योरेन्सको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ। ब्क्ष्ी को कोडबाट सो शेयर लगानीकर्ताको मेरो शेयरमा देखिएको छ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई दश कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुँदा यसअनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओ साउन २ गते बाँडफाँड हुने भएको थियो।


























