stcnepal long ad
ime life insurance
global ime bank long

रूसले अमेरिकासँग वार्ताका लागि वार्ता टोली गठन गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

रूसले संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि वार्ता टोली तयार गर्न थालेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार बताएका छन् ।

प्रवक्ता पेस्कोभल युक्रेनको अवस्थालगायत संयुक्त राज्य अमेरिकासँग आगामी वार्ताका लागि प्रतिनिधिमण्डल गठन गर्ने प्रयास भइरहेको पुष्टि गरे । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तत्काल बैठक आयोजना गर्न क्रेमलिनले आवश्यक ठानेको बताए ।

उनले भने, ‘यस्तो बैठक चाँडै हुन जरुरी छ । राष्ट्रप्रमुखले धेरै कुरा गर्नुपर्छ । एजेन्डामा धेरै विषयहरू छन्, जुन हिजो टेलिफोन कुराकानीको क्रममा संक्षिप्त रूपमा समावेश गरिएको थियो ।’ यद्यपि, कुनै मिति तोक्न अझै हतार हुने बताउँदै उनले आगामी दिनमा यस्तो बैठक आयोजना गर्ने तयारी सुरु हुने बताए ।

उनले युक्रेनका विषयमा अहिलेसम्म कुनै ठोस वार्ता नभएको बताए । उनले भने, ‘कार्यस्तरमा अहिलेसम्म ठोस सम्पर्क हुन सकेको छैन ।

राष्ट्रप्रमुखहरूको राजनीतिक इच्छा व्यक्त भएपछि नेता पुटिन र अमेरिकी राष्ट्रपतिबीच छलफलपछि हिजो साँझ निर्देशनहरू दिइएको छ । यसैले, हामीले थोरै धैर्य गर्न आवश्यक छ ।’

पुटिन र ट्रम्पबीच बुधबार ९० मिनेट टेलिफोन वार्ता भएको थियो । उनीहरूले युक्रेनको अवस्था, द्वन्द्वको शान्तिपूर्ण समाधान, मध्यपूर्व र द्विपक्षीय आर्थिक सम्बन्धलगायत विषयमा छलफल गरेका थिए ।

prabhu mahalaxmi
kumari