stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २७ औँ वार्षिक साधारणसभा फागुन २५ गते

इन्स्योरेन्स कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९.२० रुपैयाँको कुल ९.७३६८ प्रतिशतले हुन आउने २९ करोड ४९ लाख ६१ हजार ५३०.७० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

साधारण सभाले इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाटै कुनै फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्ने अख्तियारी सञ्चालक समितिले प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

इन्स्योरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च पनि सभाले अनुमोदन गर्नेछ। साधारण सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति पारित गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ  इन्स्योरेन्स कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  फागुन ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।  साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

prabhu mahalaxmi
kumari