stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन रि इन्स्योरेन्सको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक 

अधिकांश सूचक उल्लेख्य प्रगति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार इन्स्योरेन्स कम्पनीको नाफासँगै अधिकांश सूचक उकालो यात्रा तिर लागेको हो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा इन्स्योरेन्स कम्पनीको मुनाफा ६१ करोड ६९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६० करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

इन्स्योरेन्स कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब २४ करोड २१ लाख रुपैयाँबाट बढेर २ अर्ब ५० करोड ६७ लाख रुपैयाँ पुगेको छ । इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन समेत उल्लेख्य बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

यसअवधिमा इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ र रिटन्र्ड अर्निङ ४५ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ११.७४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६१.५७ रुपैयाँ र पिई रेसियो ६७.२८ रहेको छ ।

prabhu mahalaxmi
kumari